भारत 'सी' सँग नेपाली –१९ टोली पराजित | Khabarhub Khabarhub

भारत ‘सी’ सँग नेपाली –१९ टोली पराजित


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाली युवा टोली भारत पहेलोसँग फराकिलो अन्तरले पराजित भएको छ ।

हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको ‘भारत सी’ टिमसँग १० विकेटले पराजित भएको हो ।

जिमखाना मैदानमा नेपालले दिएको १ सय १५ रनको झिनो लक्ष्य भारत सीले २२ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।

भारतका लागि अर्जुन अजादले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिभ्यनास अजय कुमार सक्सेनाले अविजित ५२ रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो ।

नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए । यस्तै शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले समान २–२ विकेट लिए ।

भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतको तीन टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा भारतको भारत ‘एु’ भारत ‘बी’ र भारत ‘सी’ टिम रहेका छन् ।

बुधबार नेपालले दोस्रो खेलमा भारत ‘ए’ सँग खेल्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : ४७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका