दुई साताभित्र नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने « Khabarhub

दुई साताभित्र नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत सीमा विवाद बढ्दै गएपछि दुई मुलुकबीच सचिवस्तरीय बैठक हुने भएको छ ।

सीमा विवादका कारण नेपालमा भारत विरोधी गतिविधिले तीव्रता पाएसँगै भारत सचिवस्तरीय बैठक गर्न सहमत भएको स्रोतले बतायो ।

दुई मुलुकका परराष्ट्र सचिवस्तरीय बैठक आगामी दुई साताभित्र हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । यो विषयमा आइतबार कुटनीतिक च्यानलबाट अनौपचारिक छलफल भएको हो ।

बैठकको मिति तय गर्ने विषयमा औपचारिक छलफलको तयारी भइरहेको स्रोतको भनाइ छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग भेट गरी वार्ताको पहल गरेको परराष्ट्रका अधिकारीले बताएका छन् ।

काठमाडौंमा २०७१ साउनमा भएको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले परराष्ट्रसचिवस्तरमा सीमा विवाद सल्टाउन भन्दै जिम्मेवारी तोकेको थियो ।

त्यसपछि त्यो स्तरमा सीमाका विषयमा छलफल हुन सकेको छैन ।

यस्तै, सीमाका विषयमा सीमा सुरक्षा हेर्दै आएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंमा द्विपक्षीय छलफल हुने पनि जनाइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ३ : ३८ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी