रत्नपार्कको शौचालयबाट मासिक २ सिलिण्डर ग्यास उत्पादन « Khabarhub

रत्नपार्कको शौचालयबाट मासिक २ सिलिण्डर ग्यास उत्पादन


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको टोलीले सोमबार काठमाडौको रत्नपार्कस्थित सार्वजनिक सौचालयको अवलोकन गरेको छ । क्यानेडियन डेपुटी एम्बास्डर डियरड्रि क्यान्टसहित महानगरको टोलीले रत्नपार्कस्थित शौचालयको अनुगमन गरेको हो ।

काठमाडौं महानगरपालिका, खानेपानी र सरसफाइका लागि गुथि, एरोसान र ग्राण्ड च्यालेन्जेज क्यानडाको सहकार्यमा निर्माण भएको उक्त शौचालयको अवलोकन पछि डेपुटी एम्बास्डरसहितको टोलीले शौचालय पछाडि ग्याँस उत्पादन हुने ठाउँको समेत अवलोकन गरेको थियो ।

रत्नपार्कको शौचालय अनुगमनका क्रममा मेयर शाक्यले स्वास्थ्य संवेदनशीलता र सुरक्षाका कोणबाट शौचालयहरु महिलामैत्री हुनेपर्ने बताए । उनले शौचालयको सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

२०७४ मंसिर ४ गते विश्व शौचालय दिवसको अवसरमा पारेर महानगरका प्रमुख शाक्यले शौचालयबाट उत्पादन भएको फोहोरबाट ग्याँस उत्पादन विधिको समेत शिलान्यास गरेका थिए ।

सोही विधिअनुरुप रत्नपार्कको शौचालयबाट करीब ३ महिनापछि ग्याँस उत्पादन शुरु भएको थियो । त्यसपछि अहिलेसम्म शौचालयमा भेला भएको फोहोरबाट मासिक २ सिलिण्डर ग्याँस उत्पादन हुने गरेको छ ।

अवलोकनका क्रममा महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले पहुँचयुक्त सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने कामलाई महानगरले प्राथमिक योजनामा राखेको बताए ।

नेपाल खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ श्रेष्ठले भने ‘अब हामी पूर्ण सरसफाइतिर लाग्दैछौ यसका लागि शौचालयको पूर्वाधार निर्माण गर्ने तथा यसलाई प्रबिधियुक्त बनाएर सञ्चालन गर्न कार्यक्रम बनाएका छौं ।’

शौचालय निर्माणका साझेदार एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्य भने ‘यस सफल अभ्यासबाट नेपाल र क्यानडाबीचको दौत्य सम्बन्धमा राम्रो प्रभाव पार्छ यो परियोजनाबाट क्यानडा सरकारले राष्ट्रिय स्तरमा सहयोग बढाउन सक्छ ।’

गुथिका अनुसार पहिले दैनिक औसत १०० सम्म महिलाले सेवा लिने गरेकोमा शौचालयमा चुकुल, प्रकाश र पानीको अवस्थामा सुधार गरेपछि सेवाग्राहीको संख्या अहिले औसत ६०० पुगेको छ । त्यहाँ दैनिक करीब २ हजार व्यक्तिले सेवा लिइरहेका छन् ।

शौचालय सुधारका लागि ५ लाख रुपैयाँ लगानी गरिएको थियो । त्यसबाट निर्माण भएको २५ घनमिटरको ट्यांकीमा शौचालयबाट फोहोर जम्मा गरिन्छ । यही फोहोरबाट ग्याँस उत्पादन हुने गरेको छ । यो एनोरोविक डाइजेस्टर विधि हो ।

सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नुपर्ने क्यानेडियन डेपुटी एम्बास्डर डियरड्रि क्यान्टले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ०२ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको