उपनिर्वाचन- उम्मेदवारलाई चुनाव चिह्न प्रदान « Khabarhub

उपनिर्वाचन- उम्मेदवारलाई चुनाव चिह्न प्रदान


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ ।

आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नं १(क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ ।

कास्की क्षेत्र नं २ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १(क) को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।

यस्तै बागलुङ निर्वाचन क्षेत्र नं २(ख) का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नं २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई कानूनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए । उपनिर्वाचनमा कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : १५ बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,