नेपालको सिंचाई क्षेत्रमा जापानले सहयोग गर्ने « Khabarhub

नेपालको सिंचाई क्षेत्रमा जापानले सहयोग गर्ने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ ।

जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधीमण्डलले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसंग भेटवार्ता गर्दै सिचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो ।

भेटमा तराई मधेषमा संचालन भएका सिंचाई आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको प्रतिनिधीमण्डलले सोमबार मन्त्री पुनसंग सिंहदरबारस्थित उर्जामन्त्रालयमा भेटवार्ता गर्दै उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेको हो ।

जापानी राजदूत मसामिची साईगो समेत सहभागी बैठकमा सिंचाई र जलविद्यूत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । उपमहानिर्देशक नाकाडाले भेटमा कृषी,जलस्रोत र सिंचाईको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको धारणा राखे ।

भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले सरकारले सिंचाईतर्फ ठूला आयोजना अघि बढाइरहेको, तराई मधेसमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिंचाईको लागी काम भइरहेको जानकारी दिए ।

जापानले कन्काई सिंचाई आयोजनामा पुर्याएको सहयोगप्रती पनि धन्यवाद दिंदै सिंचाईको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए ।
उनले जापान सरकारको सहयोगमा उर्जामन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलो पटक अनुसन्धानको लागी २० करोड बजेट समेत बिनियोजन गरेको जानकारी दिंदै उक्त संस्थासंग सहकार्य गर्न पनि आग्रह उपनिर्देशक टाहामीसंग आग्रह गरे ।

त्यसैगरी सिंचाई क्षेत्रमा जलउपभोक्ता समितिहरु सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।

भेटमा सिक्टा सिंचाई परियोजनामा देखिएको घुलनशिल माटोको समस्या देखिएको भन्दै समाधानका लागी समेत छलफल भएको थियो । मन्त्री पुनले जापानसंग समाधानको लागी कुनै उपाय भए सहयोग गर्न भेटमा आग्रह गरेका थिए ।

भेटमा नलसिंङगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको थियो । मन्त्री पुनले नलसिंङगाड जलविद्युत परियोजनामा जापानको लगानी र सहयोग हुने कुरामा नेपाल सरकार ढुक्क रहेको धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : ५३ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित