उधौली पर्वले सबै जातजातिबीच आपसी सद्भाव बढोस्ः राष्ट्रपति « Khabarhub

उधौली पर्वले सबै जातजातिबीच आपसी सद्भाव बढोस्ः राष्ट्रपति


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छिन् ।

“नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौली जस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्”, राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले उधौली जस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।

“प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ६ : ०९ बजे

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका