गलातासारेलाई ५-० ले हराउँदै पीएसजी नकआउट चरणमा « Khabarhub

गलातासारेलाई ५-० ले हराउँदै पीएसजी नकआउट चरणमा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अपराजित रहँदै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले हरायो ।

मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । यस सिजनको च्याम्पियन्स लिगमा नेयमारको पहिलो गोल हो ।

केलियन एमबाप्पले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए ।

खेल सकिन ६ मिनेट अघि ईडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै ५–० को प्रभावशाली जित दिलाए ।

पीएसजीले समूह एको दोस्रो स्थानमा रहेको रियल मड्रिडसंग ५ अंकको अग्रता सहित अन्तिम १६ मा प्रवेश गर्‍यो।

गलातासारे समूहको अन्तिममा रहँदै प्रतियोगिताको अन्त्य गर्‍यो।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : ०३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त