एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलमा « Khabarhub

एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलमा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पुगेको छ । समूह चरणको पहिलो तीन खेलमा पराजित भएको एटलान्टा आश्चर्यजनिक रुपमा प्रिक्वार्टर फाइनलमा पुगेको हो ।

पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाउन सफल एटलान्टाले डाइनामो जाग्रेबसँग ४-०, शाक्टर डोनेस्ट्कसँग २-१ र म्यान्चेष्टर सिटीसँग ५-१ को फराकिलो हार ब्यहोरेको थियो ।

त्यसपछि उसले आफ्नो होममा म्यान्चेष्टर सिटीलाई बराबरीमा रोक्न सफल भयो भने डाइनामो जाग्रेबलाई २-० ले हरायो । अन्तिम खेलमा शाक्टर डोनेस्ट्कलाई ३-० ले हराउँदै एटलान्टा नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

शाक्टरको मैदानमा भएको खेलमा एटलान्टालाई जित दिलाउनका लागि टिमोटी कास्टाग्ने, मारियो पासालिच र रोविन गोसेन्सले दोस्रो हाफमा गोल गरेका थिए ।

६६औं मिनेटमा कास्टाग्नेको गोलबाट एटलान्टाले अग्रता लियो । ७७औं मिनेटमा शाक्टरका डोडो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कमजोर बनेको युक्रेनी क्लबले दुई गोल खायो । ८०औं मिनेटमा पासालिच र इन्ज्युरी समयमा गोसेन्सले गोल गर्दै एटलान्टालाई ऐतिहासिक जित दिलाए ।

यो समूहबाट म्यान्चेष्टर सिटी विजेता बन्दै नकआउट चरणमा पुगेको छ । अन्तिम खेलमा सिटीले क्रोएसियाको डाइनामो जाग्रेबलाई ४–१ ले हरायो । सिटीको जितमा ग्याब्रियल जेससले ह्याट्रिक गरे ।

१०औं मिनेटमा डानियल ओल्मोको गोलबाटा अग्रता पाएको डाइनामो विरुद्ध जेससले ३४, ५० र ५४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । ८४औं मिनेटमा फिलिप फोडेनले गोल गर्दै सिटीलाई सहज रुपमा नकआउट चरणमा पुर्‍याए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : १७ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार