पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’ | Khabarhub Khabarhub

पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’ प्रदान गरिएको छ ।

भारतको मुम्बइस्थित सीएमओ एसियाले शर्मा लगायत आफ्नो पेसा र व्यवसायको माध्यमबाट देशका लागि योगदान दिएका १४ जना अगुवा महिलाहरुलाई यो अवार्ड प्रदान गरेको हो ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन मंगलबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्मासहितका अगुवा महिलाहरुलाई अवार्ड प्रदान गरिएको हो ।

२०४६ सालदेखि पत्रकारिता शुरु गरेकी शर्माले पत्रकारितामार्फत महिलाको मानव अधिकार स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उनको कामको कदर गर्दै अवार्ड प्रदान गरेको सीएमओ एसियाले जनाएको छ ।

शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका सम्पादक तथा प्रकाशक हुन् । सीआइजेमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् ।

सोही कार्यक्रममा ‘नेपाली विमेन लिडर अवार्ड’ शोभा मानन्धर, माल्भिका सुब्बा, ज्योती शेरचन, डा. एली प्रधान, डा. अपर्णा शाह, व्यवसायी आयुषा कार्की, समाजसेवी स्नेहा श्रेष्ठ, बिनिता राई, मेघा चौधरी, भगबती चौधरी, बिन्दिया प्रधान, मौसमी श्रेष्ठ र डा. सबिना श्रेष्ठलाई पनि प्रदान गरियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : २७ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस