ललितपुरका ढुंगेधाराबाट पानी झार्न उपभोक्ता समिति गठन « Khabarhub

ललितपुरका ढुंगेधाराबाट पानी झार्न उपभोक्ता समिति गठन


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा पानी ल्याउने योजना अघि बढाउन उपभोक्ता समिति गठन गरेको छ । महानगरले वडा नं ६ का डा. हरिशरण चखुँको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा इन्जिनियर सिर्जना महर्जन , कोषाध्यक्ष माया महर्जन , सचिव पुरुषोत्तम मानन्धर लगायत रहेका छन् ।

महानगरले ढुंगेधाराको संरक्षणका लागि यो योजना अघि बढाएको हो । ललितपुर महानगरको वडा नं ६ र १७ मा रहेका ३ वटा ढुंगेधारामा पानी झार्न लागिएको हो । वडा नं ६ स्थित सुन्धारा, १७ स्थित सिन्चा हिटी र मनी मण्डप हिटी हालको योजनामा परेका धाराहरु हुन् । यो महानगरको गौरवशाली योजना भएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

उनकाअनुसार महानगरले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजना अघि बढाएको हो । प्रमुख महर्जनले भने, ‘सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य यी ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं ।’ ढुंगेधारामा पानी झार्न सकिए पर्यटक सजिलै आकर्षित हुने बताए ।

महानगरमा भएका ढुंगेधाराको अवस्थाका बारेमा अध्ययन प्रतिवेदन ढुंगेधारा संरक्षण अभियन्ता प्रयागलाल जोशीले प्रस्तुत गरेका थिए । उनले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताए । उनले भने,‘मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउँछौ ।’

यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ । नाय्ख्य ललितपुर महानगरको वडा नं १५ मा पर्छ । जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताए । जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारामा पानी ल्याउन सकिन्छ । ती ढुंगेधारामा अहिले पानी आउँदैन । हाल तीन वटामा मात्रै पानी झार्न महानगरले काम थालेको हो ।

महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको बताए । ‘यो काम सुरु गर्न अब ढिला गर्नु हुदैन, पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ’ उनले भने, ‘त्यो भनेको राजकुलोलाई पुनर्जिवित बनाउनु हो, त्यस तर्फ पनि काम थाल्नुपर्छ ।’

महानगरका सम्पदा शाखाका वरिष्ठ इन्जिनियर रुद्र अधिकारीले उपभोक्ता समितिसँग छिट्टै सम्झौता गरेर काम थाल्ने बताए । उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई भूमिका महत्वपूण हुने बताए । यसो गर्दा तत्काललाई मात्रै होइन, संरक्षणको लागि समेत सहयोग पुग्ने उनको भनाइ छ ।

अध्ययन प्रतिवेदन अनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १ : ४७ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक