नयाँ विघुतीय गाडी ‘एसयूभी एमजी जेडएस इभी’ सार्वजनिक « Khabarhub

नयाँ विघुतीय गाडी ‘एसयूभी एमजी जेडएस इभी’ सार्वजनिक


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ विद्युतीय गाडी ‘एसयूभी एमजी जेडएस इभी’ सार्वजनिक भएको छ । एमजीको नेपालमा आधिकारिक बिक्रेता, अधिकृत वितरक तथा आयातक मारामाउन्ट मोर्टस पा.लि.ले नयाँ विघुतिय ब्राण्डको नयाँ उत्पादन “एमयुजभी एमजी जेडएस इभी” नेपाली बजारमा भित्र्याएको छ ।

पाराउन्ट मोर्टस प्रालिका जनरल म्यानेजर सचिन अर्यालका अनुसार नयाँ विघुतीय एसयूभी एमजी जेडएस इभी नेपालका लागि आधिकारीक रुपमा सावजनिक भएको छ ।

विघुतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५ एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयनले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ । यसको ब्याट्रि लाइफमा ८ बर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ ।

यो विघुतीय गाडीको मूल्य ४९ लाख ९९ हजार छ । एमजी, मोरिज ग्यारेज ९६ बर्ष पुरानो ब्रिटिस ब्रान्ड हो । युरोप, नेदरल्याण्ड नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिलि, अस्ट्रेलिया, न्युजील्याण्ड र नेपालमा यसको उच्च माग छ ।

एमजीका उत्पादनहरु विश्वका ६० भन्दा बढि देशहरुमा ब्रिक्री हुदै आइरहेको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : ०५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी