अन्तर्राष्ट्रिय आप्रवासन दिवसका लागि श्रम मन्त्रालयले गर्‍यो ‘कार्यक्रम’ घोषणा « Khabarhub

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका लागि श्रम मन्त्रालयले गर्‍यो ‘कार्यक्रम’ घोषणा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउनका लागि ‘कार्यक्रम’ घोषणा गरेको छ ।

मन्त्रालयले सातै प्रदेशका स्थानीय तहसँग समन्वयन गरेर आप्रवासन दिवस मनाउन बिहीबार पत्राकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मन्त्रालयले आप्रवासन दिवसका अवसरमा वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा सूचना प्रवाह, स्थानीय तहमा विभिन्न कार्यक्रम गर्ने, वैदेशिक रोजगारीसम्बन्धी सडक नाटक, सुरक्षित रोजगारीका उपाय र वैदेशिक रोजगारीका फाइदा बेफाइदा जस्ता विषयमा सचेतना कार्यक्रम गर्ने जनाएको छ ।

श्रम मन्त्रालयले आप्रवासनमा रहेका श्रमिक सुरक्षाा तथा रोजगारीसँगै मानव अधिकारको बारेमा गम्भीर भएर काम गरिरहेको मन्त्रालयका सचिव विनोद केसीको भनाइ छ ।

आप्रवासनमा रहेका श्रमिकको कमाइलाई सुरक्षीत लगानीको वातावरण बनाउन सरकारले योजना बनाइरहेको पनि उनको भनाइ छ ।

श्रम मन्त्रालयले विभिन्न संस्था, ट्रेड युनियनहरुसँगको समन्वयनमा आप्रवासन दिवस मनाउने जनाएको छ । सन् १९९० देखि हरेक वर्षको डिसेम्वर १८ का दिन विश्वभर आप्रवासन दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : २८ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको