रियालिटी शो 'द लिडर' सञ्चालन हुने, रवि लामिछानेले चलाउने | Khabarhub Khabarhub

रियालिटी शो ‘द लिडर’ सञ्चालन हुने, रवि लामिछानेले चलाउने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ नेपाल भित्र्याएको एसआरबीएन मिडियाले नयाँ रियालिटी शो ‘द लिडर’ प्रसारणमा ल्याउने भएको छ ।

बिहीवार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै यसबारेमा जानकारी दिइयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश शुशीला कार्की, पूर्वपत्रकार तथा नेता रविन्द्र मिश्र, पत्रकार रवि लामिछाने लगायत उपस्थित थिए ।

यो शो संसारमै फरक खालको भएको आयोजकको दाबी छ । शो मा एक राजनेताको खोजी गरिनेछ, गाउँ गाउँ गएर कुशल नेताको खोजी गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो बिल्कुलै फरक खालको कार्यक्रम भएको र यसले समाजको रुपान्तरणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । यस्तै पूर्वप्रधानन्याधीश सुशीला कार्कीले नेपालको राजनीतिक अवस्था औँल्याउँदै राष्ट्रलाई एक राजनेताको आवश्यकता भएको बताइन् ।

यस्तै कार्यक्रममा बाेल्दै रविन्द्र मिश्रले नेता भनेको जनताको सेवक भएको र यस्तै खाले एक व्यक्ति रियालिटी शोले खोज्नमा सघाउ पुर्‍याउने बताए ।

टेलिभिजनबाट समेत प्रसारण हुने यो रियालिटी शो मा डा. बाबुराम भट्टराई, सुशीला कार्की र रविन्द्र मिश्र निर्णायकको भूमिकामा रहनेछन् । आयोजकले दर्शकको प्रतिक्रियाका आधारमा अन्य दुई जना निर्णायक रहने पनि जनाएको छ ।

रियालिटी शोमा देशभरबाट १ सय जना प्रतियोगी छानिनेछ । तीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक जनालाई ‘द लिडर’ चयन गरिनेछ ।

विजेताले काठमाडौंमा एक अपार्टमेन्ट, गाडी र नगद रुपैयाँ २० लाख पुरस्कार हात पार्नेछन् । अहिलेसम्म कै फरक शो भनिएको कार्यक्रमको होस्ट पत्रकार रवि लामिछानेले गर्नेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ५९ बजे

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू) 

काठमाडौं– नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र