रियालिटी शो ‘द लिडर’ सञ्चालन हुने, रवि लामिछानेले चलाउने « Khabarhub

रियालिटी शो ‘द लिडर’ सञ्चालन हुने, रवि लामिछानेले चलाउने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ नेपाल भित्र्याएको एसआरबीएन मिडियाले नयाँ रियालिटी शो ‘द लिडर’ प्रसारणमा ल्याउने भएको छ ।

बिहीवार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै यसबारेमा जानकारी दिइयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश शुशीला कार्की, पूर्वपत्रकार तथा नेता रविन्द्र मिश्र, पत्रकार रवि लामिछाने लगायत उपस्थित थिए ।

यो शो संसारमै फरक खालको भएको आयोजकको दाबी छ । शो मा एक राजनेताको खोजी गरिनेछ, गाउँ गाउँ गएर कुशल नेताको खोजी गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो बिल्कुलै फरक खालको कार्यक्रम भएको र यसले समाजको रुपान्तरणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । यस्तै पूर्वप्रधानन्याधीश सुशीला कार्कीले नेपालको राजनीतिक अवस्था औँल्याउँदै राष्ट्रलाई एक राजनेताको आवश्यकता भएको बताइन् ।

यस्तै कार्यक्रममा बाेल्दै रविन्द्र मिश्रले नेता भनेको जनताको सेवक भएको र यस्तै खाले एक व्यक्ति रियालिटी शोले खोज्नमा सघाउ पुर्‍याउने बताए ।

टेलिभिजनबाट समेत प्रसारण हुने यो रियालिटी शो मा डा. बाबुराम भट्टराई, सुशीला कार्की र रविन्द्र मिश्र निर्णायकको भूमिकामा रहनेछन् । आयोजकले दर्शकको प्रतिक्रियाका आधारमा अन्य दुई जना निर्णायक रहने पनि जनाएको छ ।

रियालिटी शोमा देशभरबाट १ सय जना प्रतियोगी छानिनेछ । तीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक जनालाई ‘द लिडर’ चयन गरिनेछ ।

विजेताले काठमाडौंमा एक अपार्टमेन्ट, गाडी र नगद रुपैयाँ २० लाख पुरस्कार हात पार्नेछन् । अहिलेसम्म कै फरक शो भनिएको कार्यक्रमको होस्ट पत्रकार रवि लामिछानेले गर्नेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ५९ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग