पौडेल र सिटौला पक्षद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार | Khabarhub Khabarhub

पौडेल र सिटौला पक्षद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र  कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका एजेण्डाका बारेमा सहमति हुन नसकेपछि अपराह्न ४ बजे बसेको बैठक पौडेलसहितका नेताहरुले बहिष्कार गरेका हुन् ।

बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा लगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन् ।

‘उहाँले एकलौटी रुपमा पार्टी चलाउन खोज्दै हुनुहुन्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘त्यो हामीलाई मान्य छैन ।’

हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पु‍र्‍याउने संस्थापन पक्षले तयारी गरेपछि संस्थापनइतरका नेताहरुले विरोध जनाएका हुन् ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ३१ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर