पौडेल र सिटौला पक्षद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार « Khabarhub

पौडेल र सिटौला पक्षद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र  कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका एजेण्डाका बारेमा सहमति हुन नसकेपछि अपराह्न ४ बजे बसेको बैठक पौडेलसहितका नेताहरुले बहिष्कार गरेका हुन् ।

बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा लगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन् ।

‘उहाँले एकलौटी रुपमा पार्टी चलाउन खोज्दै हुनुहुन्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘त्यो हामीलाई मान्य छैन ।’

हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पु‍र्‍याउने संस्थापन पक्षले तयारी गरेपछि संस्थापनइतरका नेताहरुले विरोध जनाएका हुन् ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।