फिरौती रकम माग गर्ने गिरोहका चार जना पक्राउ « Khabarhub

फिरौती रकम माग गर्ने गिरोहका चार जना पक्राउ


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– फिरौती माग गर्दा नदिएको भन्दै इँट्टाभट्टामा विस्फोट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बारास्थित इलाका प्रहरी कार्यालय सिमराको टोलीले फिरौती माग्दै रकम असुल्ने गिरोहका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा परवानीपुरका ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जितपुर सिमराका २० वर्षीय अच्छेलाल गोसाई र फेटा गापा ३ का ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन् ।

बारा परवनीपपुर गाँउपालिका-४ स्थित एमएस इँट्टा उद्योगका संचालक बारा कलैया उपमहानगरपालिका-२५ बस्ने मनोज प्रसाद साह तेलीलाई बारा परवानीपुर गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढले २/३ महिना पहिलादेखि पटक पटक फोन गरी १५ लाख रुपैयाँ फिरौती रकम माग गरेको र फिरौती रकम दिन अस्वीकार गरेपछि गत कात्तिक ४ गते प्रमोद गोढ समेतले मनोज प्रसाद तेलीको उक्त इँट्टा उद्योगमा बम बिष्फोट गरी फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ भनी मोवाइलबाट एसएमस तथा फोन गरी धम्की दिएपछि बुधबार फिरौती रकम ३ लाख लिएर परवानिपुर गाउँपालिका-४ स्थित चैनपुरमा आउनु भनि बोलाएका थिए ।

फिरौती रकम माग गरी लिन जाने उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पक्राउ गरी उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकामध्ये प्रमोद साह गोढलाई पर्सा बीरगंज उपमहानगरपालिका-८ स्थित सडकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अवैध घरेलु नलकटुवा बन्दुक १ थान र ३ राउण्ड गोली सहित२०७३ चैत्र २८ गते पक्राउ गरी हातहतियार खरखजना मुद्दा चलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुले बारा प्रसौनी गाउँपालिका-४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती माग गरेको र फिरौती रकम नदिए पश्चात २०७६ असोज १० गते रातको समयमा सुतली बम बिष्फोटन गराएको तथा परवानीपुर गाउँपालिका-४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेको र रकम नदिए पश्चात २०७६ असोज २ गते सुतली बम बिष्फोटन गराएको र सो रिफाइनरीबाट २५ हजार रुपैयाँ फिरौती रकम लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ५० बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका