सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल « Khabarhub

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् । 

महोत्तरीको बर्दिवास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन र पूजाअर्चना गर्दै मन्त्री पौडेलले टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सरकार मुलुकका धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण र समयोचित विकासका कुरामा प्रतिबद्ध रहेको स्पष्ट पारे।

समितिका अध्यक्ष राजाराम यादवबाट ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री पौडेलले भने, ‘सरकार यो धार्मिक स्थलको सम्वद्र्धन र पर्यटकीय सम्भावना विकासबारे स्थानीय समुदायसँग समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध छ ।’

मधेसको कैलाश पनि भनिने टुटेश्वरनाथ महादेवबारे अतिप्राचीन किंवदन्ती स्थानीयबाट सुनेको उनले बताए ।

यसअघि मन्दिर परिसरमा मन्त्री पौडेलको स्वागत गर्दै समितिका अध्यक्ष यादवले टुटेश्वरधामको रामायण तथा महाभारतकालीन किंवदन्तीबारे अध्ययन अन्वेषण गर्न अनुरोध गर्दै उनलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । 

समितिले बर्सेनि साउने बोलबम मेलामा लाखौँ श्रद्धालुको सहभागिता हुने यस ठाउँमा पुग्न बाटोमा विश्राम चौतारी, खानेपानी, बिजुली र शौचालयको प्रबन्धका लागि ध्यानाकर्षण पत्रमार्फत अनुरोध गरेको छ ।

सो स्थान नजिकको वन संरक्षण, माण्डवीगङ्गा नदीमा घाट र तटबन्ध एवं धर्मशाला निर्माण एवं मन्दिरको दीर्घकालीन संरक्षण तथा  सम्वद्र्धनका उपायबारे विस्तृत परियोजना प्रस्ताव तयार गर्नसमेत समितिले ध्यानाकर्षण गराएको छ ।  

मन्त्री पौडेलसँगै अवलोकन भ्रमणमा रास्वपा मधेस प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य तपेश्वर यादव र महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो पनि सहभागी छन्।

मन्त्री पौडेलद्वारा देवस्थलको अवलोकन र पूजाअर्चना

यसैबीच मन्त्री पौडेलले आज महोत्तरीका विभिन्न देवस्थलको अवलोकन तथा पूजाअर्चना गरेका छन् । 

उनले बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर र बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिरको अवलोकन तथा पूजाअर्चना गरेका हुन् ।

चुरे पहाडी शृङ्खला नजिकका दुवै धार्मिकस्थल अत्यन्त रमणीय ठाउँमा रहेका उनले बताए । मन्दिर क्षेत्रको अवलोकन र पूजाअर्चनापछि मन्त्री पौडेलले भने, ‘यी ठाउँ धार्मिक पर्यटनका दृष्टिले सम्भावनायुक्त छन् ।’

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ६ : २० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५