पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष काफ्लेमाथि कुटपिट « Khabarhub

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष काफ्लेमाथि कुटपिट


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ ।

सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो ।

कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासंघका सुनसरी सचिव हिमाल दाहालले बताए । उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरुले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुख काफ्लेले ढिलो आएको तथा सिधा कुरा जनतासँगको कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरेको भन्दै कुटपिट गरेका हुन् ।

सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको रु आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैबीच पत्रकार महासंघ सुनसरीले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनामा दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

कार्यक्रममा ढिलो उपस्थिति भएकामा कुटपिट गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको महासंघका सुनसरी सचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ९ : ०१ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम