पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष काफ्लेमाथि कुटपिट | Khabarhub Khabarhub

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष काफ्लेमाथि कुटपिट


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ ।

सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो ।

कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासंघका सुनसरी सचिव हिमाल दाहालले बताए । उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरुले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुख काफ्लेले ढिलो आएको तथा सिधा कुरा जनतासँगको कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरेको भन्दै कुटपिट गरेका हुन् ।

सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको रु आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैबीच पत्रकार महासंघ सुनसरीले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनामा दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

कार्यक्रममा ढिलो उपस्थिति भएकामा कुटपिट गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको महासंघका सुनसरी सचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ९ : ०१ बजे

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको

नेपालमा हालसम्म ४ जनामा एमपक्स पुष्टि 

काठमाडौं– नेपालमा २०८० पुष १ गते पहिलो पटक पुष्टि भएको