मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा « Khabarhub

मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश मातहतमा रहेका सरकारी कार्यालयको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा चौमासिक समीक्षा गरिएको छ ।

प्रदेश सरकारको बजेट खर्च हुन नसकेको गुनासो जनस्तरबाट आइरहेको बेला मुख्यमन्त्री शाही जाजरकोट आएर चौमासिक समीक्षा, प्रगति विवतरणबारे जानकारी लिएका हुन् ।

प्रदेश मातहातका कार्यालयको विकास बजेट जनताको जनआकाङ्क्षाअनुसार तीव्र गतिमा परिणाम निस्किने गरी काम गर्नसमेत उनले निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले साना आयोजनाका काम बोलपत्र नगरीकन अगाडि बढाउन र ठूला आयोजनामा मात्र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम गर्नसमेत निर्देशन दिए ।

उनले जिल्लामा प्रदेशका कार्यालयमा लेखापाल अभाव टार्न सङ्घीय सरकारको मातहातमा रहेका कार्यालयका लेखापालबाट आर्थिक कारोवार गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले ६ दिनभित्र जिल्लाको प्रगति विवरण पेश गर्नसमेत प्रदेश सरकारका मातहतका कार्यालयलाई आग्रह गरे । प्रदेश सरकारको मातहातमा रहेका कार्यालयमा बजेट अभाव नहुने तर काम तोकिएकै मितिमा गर्नुपर्ने आन्तरिक, मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । सबै कार्यालयमा अख्तियारी दिइसकेकाले काममा तीव्रता दिन उनले आग्रह गरे ।

मुख्यमन्त्री शाहीले आजै जाजरकोटको ५० श्ययाको स्वास्थ्य सेवा कार्यालयको भवन आज उद्घाटन गरे । जिल्लामा एम्बुलेन्स नभएकाले सोका लागि छिट्टै पहल गर्ने मुख्यमन्त्री शाहीले प्रतिबद्धता व्यक्त गरे ।

नेपाली विद्यार्थीले जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि पठाएका उपहार अर्थात् किताब बोक्ने झोला कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यहाँका विद्यार्थीलाई हस्तान्तरण गरे ।

भेरी नगरपालिकाको समन्वयमा मुख्यमन्त्री शाहीले नगरपालिकाभित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने चार हजार ४५३ विद्यार्थीलाई उक्त उपहार अर्थात् झोला हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : ४५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको