दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्ने तामाङलाई १० वर्ष कैद « Khabarhub

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्ने तामाङलाई १० वर्ष कैद


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकाेट- दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।

बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई दोषी ठहर गर्दै जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार १० वर्ष कैद सजाय र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले आज जानकारी दिए ।

जबर्जस्ती करणी कसुरमा सात वर्ष र अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरेकाले थप तीन वर्ष गरी १० वर्ष सजायको फैसला भएको हो । तामाङमाथि २०७५ चैत ९ गते घरमा कोही नभएको बेलामा शौचालय गएकी दृष्टिविहीन युवतीलाई शौचालयमै जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : १५ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ