विमानस्थलबाट तीन जना मलेसियन पासपोर्टधारी श्रीलंकन नागरिक पक्राउ « Khabarhub

विमानस्थलबाट तीन जना मलेसियन पासपोर्टधारी श्रीलंकन नागरिक पक्राउ


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियन पासपोर्टधारी तीन जना श्रीलंकन नागरिकलाई पक्राउ गरेको छ ।

विहीबार अपरान्ह कतार एयरवेजको उडान नम्बर ६५१ बाट दोहा उडान भर्नका लागि बोर्डिङ पास समेत लिइसकेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनुषा जेवामनी,राबुशान जेवामाङ र इबराब्रु बचा रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दोहा हुदैँ इटली जान लागेका थिए। अध्यागमनका अधिकृत उनीहरुमाथि प्रश्न गरेपछि उनीहरुले आफू श्रीलंकन नागरिक भएको स्वीकार गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले बोकेको मलेसियन पासपोर्टसमेत नक्कली भएको खुल्न आएको अध्यागगमन विभागका महानिर्देशक इश्वर राज पौडेलले जानकारी दिए।

पक्राउ परेका तीनै जनाले आफ्नो पासपोर्ट च्यातेर युरोप छिर्नका लागि नक्कली मलेसियन पासपोर्टको सहायता लिएको बताएका छन्।

 

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : २४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको