विमानस्थलबाट तीन जना मलेसियन पासपोर्टधारी श्रीलंकन नागरिक पक्राउ | Khabarhub Khabarhub

विमानस्थलबाट तीन जना मलेसियन पासपोर्टधारी श्रीलंकन नागरिक पक्राउ


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियन पासपोर्टधारी तीन जना श्रीलंकन नागरिकलाई पक्राउ गरेको छ ।

विहीबार अपरान्ह कतार एयरवेजको उडान नम्बर ६५१ बाट दोहा उडान भर्नका लागि बोर्डिङ पास समेत लिइसकेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनुषा जेवामनी,राबुशान जेवामाङ र इबराब्रु बचा रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दोहा हुदैँ इटली जान लागेका थिए। अध्यागमनका अधिकृत उनीहरुमाथि प्रश्न गरेपछि उनीहरुले आफू श्रीलंकन नागरिक भएको स्वीकार गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले बोकेको मलेसियन पासपोर्टसमेत नक्कली भएको खुल्न आएको अध्यागगमन विभागका महानिर्देशक इश्वर राज पौडेलले जानकारी दिए।

पक्राउ परेका तीनै जनाले आफ्नो पासपोर्ट च्यातेर युरोप छिर्नका लागि नक्कली मलेसियन पासपोर्टको सहायता लिएको बताएका छन्।

 

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : २४ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक