शिक्षकले नै शिशु कक्षाका विद्यार्थीलाई जुत्ता चाट्न लगाएपछि… « Khabarhub

शिक्षकले नै शिशु कक्षाका विद्यार्थीलाई जुत्ता चाट्न लगाएपछि…


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएको नयाँ पत्रिकामा खबर छ।

आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ, बिस्कुटको आसमा मेरो छोरोले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा नयाँ पत्रिकासँग भनिन्, ‘छोराले घरमा आएर भनेपछि थाहा पाइयो । हाम्रा नानीहरूले विद्यालय पढ्न जाँदा पनि जुत्ता चाट्नुपर्ने ? दलित भनेर हेपियो, न्याय खोज्न कहाँ जानु ? सभ्य र शिक्षित बनाउन छोराछोरी विद्यालय पठाएको यस्ता घृणित कार्य त घरमै बसेका भए पनि गर्दैनथे होलान्।’

शिक्षक सुजन सुनुवारले भने जुत्ता चाट्न नलगाएको दाबी गरेका छन्। उनले खुट्टा ढोग्न लगाएको भने स्वीकार गरेका छन्। टेलिफोनमा उनले जुत्ता चाट्न लगाएको आरोप सही नभएको बताउँदै खुट्टा ढोग्न लगाउनु पनि आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।

पम्फाले भने विद्यालय गएर आफूले कुरा उठाएपछि शिक्षक सुनुवारले गल्ती स्विकार्दै माफी मागेर बाहिर नभन्न अनुरोध गरेको बताइन्। ‘सुजन सरले मेरो गल्ती भयो, माफ गर्नुहोला भन्दै यो कुरा अरूलाई नभन्नु भन्नुभएको छ,’ उनले भनिन्, ‘छोराछोरीले पढ्न जाँदा जुत्ता चाट्नुपरेको कुरा म कसरी अरूलाई नभनूँ ?’

पीडित विद्यार्थीका अभिभावकले शिक्षक सुजनलाई कारबाहीको माग गर्दै सोमबार विद्यालय र वडा कार्यालयमा उजुरीसमेत दिएका छन्। गाउँको कुरा गाउँमै मिलाउन भन्दै दबाब आए पनि आफूले उजुरी दिएको पम्फाले बताइन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ५८ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले