‘चाइनाको रेल’ खोज्दै सन्दीप र इन्दिरा | Khabarhub Khabarhub

‘चाइनाको रेल’ खोज्दै सन्दीप र इन्दिरा


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो ‘नेपाली तारा’ गायक सन्तोष लामाको स्वर रहेको गीत ‘चाइनाको रेल’ सार्वजनिक गरिएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कृष्ण केसीको शब्द छन् भने हरि लम्सालको संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा हास्यकलाकार सन्दीप क्षेत्रीको अभिनय देख्न सकिन्छ भने इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको पनि नृत्य सुन्न सकिन्छ ।

भिडियोलाई सन्देशजंग रानाले सम्पादन गरेका हुन् भने सुसन प्रजापतिले खिचेका हुन् । क्रिस्टल क्लजको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सन्दीप क्षेत्री र सन्देशजंग रानाले निर्देशन गरेका हुन् ।

गीत निर्माण टिमले भिडियोको कभर भिडियो प्रतियोगिताको घोषणा पनि गरेको छ । गीतको भिडियो बनाउनेमध्ये उत्कृष्ट एकलाई १ लाख ११ हजार र टिकटकमा भिडियो बनाउनेमध्ये उत्कृष्टलाई २२ हजार रुपैयाँ नगद पुरस्कार दिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ५३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास