सीके राउतसँगको सम्झौता खारेजीको माग गदै नेविसंघको प्रदर्शन « Khabarhub

सीके राउतसँगको सम्झौता खारेजीको माग गदै नेविसंघको प्रदर्शन


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ ।

नेविसंघले मंगलबार(आज) राजधानीका क्याम्पसहरु अगाडि प्रदर्शन गर्दै समझौता खारेजीको माग गरेको हो ।

सरकारले राउतसँग राष्ट्रघाती समझौता गरेको भन्दै नेविसंघले उक्त समझौता खारेजी नगरे कडा आन्दोलदन गर्ने चेतावनी दिएको छ ।

राजधानीका रत्नराज्य(आरआर), शंकरदेव, त्रिचन्द्र, पशुपति लगायतका क्यापसअगाडि नेविसंघले प्रदर्शन गरेको थियो । नेविसंघले आरआरअघिबाट निकालेको विरोध र्‍याली त्रिचन्द्र पुगेर कोणसभामा परिणत भएको थियो ।

नेविसंघले सम्झौताले राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको, देशलाई ट्क्राउनका लागि जनमत संग्रह गर्ने गरि सम्झौता गरेको भन्दै विरोध गरेको छ ।
प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सीके राउतलाई कारवाही गर्न समेत माग गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : ५० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट