लगानी बोर्डबाटै अब ठूला आयोजना सञ्चालनः अर्थमन्त्री « Khabarhub

लगानी बोर्डबाटै अब ठूला आयोजना सञ्चालनः अर्थमन्त्री


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डलाई बलियो बनाउने गरी कानूनी व्यवस्था गर्न लागिएको बताएका छन् । अर्थमन्त्री खतिवडाले ठूला राष्ट्रिय आयोजनाका लागि आवश्यक लगानीको व्यवस्था गर्न लगानी बोर्डलाई सहज हुने गरी कानूनी व्यवस्था गर्न सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ ल्याउनु परेको पनि स्पष्ट पारे ।

मंगलबार संघीय संसदको अर्थ समितिमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै अथमन्त्री खतिवडाले लगानी बोर्डको दायरालाई विस्तार गरेर ठूला आयोजनाको लगानीको आवश्यक व्यवस्था हुने प्रस्ताव पनि विधेयकमा गरिएको स्पष्ट पारे । उनले प्रदेश र स्थानीय तहमा पनि संघीय ढाँचा अनुसार वैदेशिक लगानी भित्र्याउनुपर्ने भएकाले त्यसको व्यवस्था गर्न पनि आवश्यक कानुन बनाउन सो विधेयक ल्याइएको बताए ।

बैठकमा समितिका सदस्यहरुले वैदेशिक लगानी भित्र्याउन प्रदेश र स्थानीय तह आफैले पनि संघीय सरकारको स्वीकृतिमा आवश्यक कानून बनाउन पाउने व्यवस्था गर्न माग गरे । समितिका सदस्य भरतकुमार शाहले प्रदेश र स्थानीय तह आफैंले वैदेशिक लगानी भित्रयाउन आवश्यक कानून बनाउन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

समितिका अर्का सदस्य श्यामकुमार श्रेष्ठले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने लगानी बोर्डमा २ जना मात्रै मन्त्रीहरु रहने व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।  समितिमा दफावार छलफल शुरु गरिएको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा ६ अरवभन्दा माथिको सबै आयोजनाहरुको बजेटको व्यवस्था गर्ने अधिकार लगानी बोर्डलाई दिने प्रस्ताव गरिएको छ ।

हाल लगानी बोर्ड ऐनमा १० अरबभन्दा बढी लगानीका आयोजनामा मात्रै लगानी बोर्डले लगानीको प्रबन्ध गर्ने व्यवस्था गरिएको छ । आगामी चैत्र १५ र १६ गते आयोजना गर्न लागिएको ‘नेपाल लगानी सम्मेलन’लाई समेत ध्यानमा राखेर सरकारले सो विधेयक संघीय संसदमा पेश गरेको हो । २ सय मेघावाट भन्दा माथिको जलविद्युत आयोजनाको लगानीको व्यवस्था पनि लगानी बोर्डले नै गर्ने विधेयकमा उल्लेख गरिएको छ ।

अथमन्त्री खतिवडाले के भने भिडियो ?

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ०५ बजे

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि