आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर « Khabarhub

आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७५ चैत २९ गते शुक्रबार ।  आजको नयाँ पत्रिकाले गत वर्ष भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा राज्यकोषको चरम दुरुपयोग भएको पाइएको समाचार मुख्य समाचारका रुपमा छापेको छ।

चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौं फजुल खर्च गरेको महालेखाले औल्याएको छ । मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षा लगायतमा ठूलो आर्थिक अनियमितता देखिएको समाचारमा उल्लेख छ ।

समाचारअनुसार मतपत्रको ढाँचामाािथ नै विवाद हुुँदाहुँदै ११ करोड ७२ लाखको नमुना मतपत्रसहितको सामग्री तयार भएको उल्लेख छ । अदालतले ढाँचा परिवर्तन गर्न आदेश दिएपछि पनि लगातार चार दिनसम्म यस्ता सामग्री छाप्दा थप ७ करोड ५४ लाख अपव्यय भएको समाचारमा उल्लेख छ ।

यसैगरी नयाँ पत्रिकाले आर्थिक वर्ष ०७४/०७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवा सुविधिामा बढी बजेट खर्च गरेको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

महानगरले पादाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड खर्चेको छ । तलब शीर्षकमा ८ करोड ८५ लाख र बैठकभत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औल्याएको छ ।

‘म्याद सकिन लागेका औषधि टेकु अस्पतालद्वारा खरिद शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । ८५ वर्षअघि शहीद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफै थला परेको छ ।

सरकारी चिकित्सकको आन्दोलनलाई चिकित्सक संघको समर्थन शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छ ।

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा लोचन कार्काीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सवै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिए ।

यसैगरी पत्रिकाले स्ववियू निर्वाचन १० जेठ भित्रै गर्ने प्रस्ताव सहितको समाचार पनि छापेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : ०५ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित