गैरकानूनी रुपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता, सवैभन्दा बढी चिनियाँ « Khabarhub

गैरकानूनी रुपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता, सवैभन्दा बढी चिनियाँ


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले सर्वोच्चको प्राथमिकतामा परेनन् भ्रष्टाचारका मुद्दा शीर्षकमा न्यायालयको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

समाचारमा जनाइएअनुसार मुद्दा स्थगित गर्ने र पेसी चढाउने शृंखलाले निरन्तरता पाएको तथा भ्रष्टाचारसम्बन्धी ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडि बढ्न नसकेको उल्लेख छ ।

त्यसैगरी पत्रिकाले चिकित्सकको आन्दोलनको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । चिकित्सकले दिए ७२ घण्टे अल्टिमेटम शीर्षकमा समायोजन प्रक्रियाविरुद्ध आन्दोलनमा उत्रँदै आएका चिक्रित्सकले माग पूरा गराउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको समाचारमा उल्लेख छ ।

यसैगरी पत्रिकाले देशभरका अर्बौं मूल्यका जग्गा हडपिएको सरकारी निष्कर्ष शीर्षकमा अर्को समाचार छ । हडपिएका जग्गा खोज्न आयोग गठनको निर्णय भएको समाचारमा उल्लेख छ ।

सरकारी अधिकारीहरुका अनुसार भूमाफियाहरुले ललिता निवास लगायत अन्य महत्वपूर्ण पाँच स्थानका गरी १ हजार २९८ सरकारी जग्गामा पनि बारम्बार आँखा लगाइँदै आइरहेको पाइएको छ ।

त्यसैगरी गैरकानुनी रुपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता शीर्षकमा पत्रिकाले अर्को समाचार पहिलो पृष्ठमा छापेको छ ।

लागूऔषध ओसारपसार र सुन तस्करीमा गगैरकानूनी कार्यमा संलग्न रहेका ९६ विदेशी नागरिकलाई सरकारले उनीहरुकै देश फिर्ता गरेको छ ।

अध्यगमन विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ९६ जनालाई देश फिर्ता गरिएको हो । सहज भिसाका कारण समस्या बढेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : २० बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित