पार्टीलाई एकतावद्ध बनाउँदै जानुपर्छ–देउवा, पौडेलले भने: १० महीनापछि महाधिवेशन नभए क्षति « Khabarhub

पार्टीलाई एकतावद्ध बनाउँदै जानुपर्छ–देउवा, पौडेलले भने: १० महीनापछि महाधिवेशन नभए क्षति


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टीलाई एकतावद्ध बनाउँदै मनाउनु पर्ने बताएका छन् ।

नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षबाट पार्टीलाई एकतावद्ध बनाउँदै अघि बढ्नु पर्ने बताए ।

सभापति देउवाले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा हुने संसदीय उपनिर्वाचनमा पार्टी एक्यबद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्७ नेता नेता रामचन्द्र पौडेलले आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने बताए । उनले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने बताए ।
उनले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १२ : २८ बजे

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा