तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गरिने « Khabarhub

तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गरिने


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी शुरु भएको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले तराईं र पहाडका जिल्लामा कर कार्यालय बिस्तार गर्न लागिएको बताए ।

मझौला खालका व्यवसायीहरु बढदै गएका पहाडका जिल्लाहरुमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

भन्सार कार्यालयहरुलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालको समस्या समाधान गर्न सरकार लागि परेको उनको दावी थियो ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रुग्ण उद्योगहरुलाई आवश्यक राहत दिन सरकार प्रतिवद्ध रहेको बताए ।

स्वदेशी उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेकाले त्यसमा ढुक्क हुन मन्त्री यादवले उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

मन्त्री यादवले थप उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढन तयार रहेको पनि बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  २ : ३१ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न