हवाई दुर्घटनामा ‘हाईप्रोफाइल’ गुमाएको वर्ष २०७५ « Khabarhub

हवाई दुर्घटनामा ‘हाईप्रोफाइल’ गुमाएको वर्ष २०७५



काठमाडौं– वर्ष २०७५ हामीमाझबाट बिदा हुँदै छ । यो वर्ष राजनीतिक, आर्थिक क्षेत्रमा उपलव्धिहरू भएपनि हवाई क्षेत्र भने पीडादयी बन्यो ।

हवाई सुरक्षा र नागरिक उड्डयनका क्षेत्रमा धेरै सुधारका काम भएपनि हवाई सुरक्षाका हिसाबले भने असुरक्षित वर्षका रुपमा दर्जभयो २०७५ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको तथ्याङ्क अनुसार, २०७५ सालमा मात्रै साना ठुला गरी ८ वटा हवाई दुर्घटना भए । ती घटनामा १५ जनाले ज्यान गुमाए ।

कहॉ भयो दुर्घटना ?

 २०७५ वैशाख ०६ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना ।
 २०७५ जेठ ०२ गते, सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना २ जनाको मृत्यु ।
 २०७५ जेठ २६ गते जुम्ला एयरपोर्टमा तारा एयरको विमान दुर्घटना ।
 २०७५ असार ०३ गते, पोखरा विमानस्थलमा यति एयरको विमान दुर्घटना ।
 २०७५ असार १६ गते, ग्रान्डी अस्पतालमा सिम्रिक एयरको विमान दुर्घटना ।
 २०७५ भदौ १६ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरको विमान दुर्घटना ।
 २०७५ भदौ २६ गते, नुवाकोटको मेधाङ–मैलुङपाखामा, अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु ।
 २०७५ फागुन १५ गते, ताप्लेजुङमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु ।

दुर्घटनाले क्षति

जेठ २ गते बिहान, मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटना हुँदा चालक दलका दुबै जना सदस्यको मृत्यु भयो । दुर्घटनामा परी किरण भट्टराई र आदित्य नेपालीले ज्यान गुमाए ।

भदौ २६ गते गोरखाबाट काठमाडौं तर्फ उडेको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मेधाङ डाँडामा दुर्घटना भयो । दुर्घटनामा ६ जनाले ज्यान गुमाए । एक घटना घाइते भए । उनको सकुशल उद्धार गरियो ।

आम नेपालीलाई दुःखी बनाउने गरी र बहालवाल मन्त्रीकै ज्यान जानेगरी भएको पछिल्लो दुर्घटनाले सबैलाई हवाई सुरक्षाका बारेमा सोच्न बाध्य बनायो ।

फागुन १५ गते ताप्लेजुङमा भएको दुर्घटनामा बहालवाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रमा काम गर्ने सात जनाले ज्यान गुमाए ।यसबाहेक भएका ५ दुर्घटनमा भने मानवीय क्षति भएन ।

हवाई दुर्घटनामै हाइप्रोफाइल व्यक्ति गुमाएको वर्ष

यो वर्षको हवाई दुर्घटनाले राजनीतिक तथा पर्यटनका क्षेत्रमा अपुरणीय क्षति पुग्यो । फागुन १५ गते ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो ।

दुर्घटना मन्त्री अधिकारीसहित यति एयरलाइसका एमडी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुवदास भोछिभोय, नेपाली सेनाका अर्जुनकुमार घिमिरे, र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाए ।

तेह्रथुमको अठराई चुहानडा“डा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली फर्किने क्रममा दुर्घटनामा परेको थियो ।

विद्यार्थी आन्दोलनबाट राजनीति शुरु गरेका र नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रभावशाली युवा नेताको छवि बनाएका अधिकारीको निधनले अपूरणीय क्षति पुगेको भन्दै सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य दलका शीर्ष नेताले अधिकारीको निधनस‘गै नेपालको राजनीतिमा अपूरणीय क्षति पुगेको बताए ।

संविधानसभा–२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला विकास समितिमा रहेर काम गरेका उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नागरिक उड्डयन र हवाई क्षेत्रको विकासका लागि काम गर्ने मन्त्रीका रुपमा नाम राख्न सफल भएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ३ : ५६ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक