सरकारविरुद्ध आन्दोलनमा उत्रिन सभापति देउवाको आह्वान « Khabarhub

सरकारविरुद्ध आन्दोलनमा उत्रिन सभापति देउवाको आह्वान


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन उत्रिन युवा/विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारेका हुन् ।

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले आफू नआउने भनेर पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा पनि आपत्ति जनाए ।

कार्यक्रममा सभापति देउवाले विश्वका कुनैपनि मुलुकमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने व्यवस्था नभएको भन्दै त्यसतर्फ पनि असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ५ : ५० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण