चारबुँदे माग राख्दै प्राधिकरण जिल्ला एकाइमा तालाबन्दी « Khabarhub

चारबुँदे माग राख्दै प्राधिकरण जिल्ला एकाइमा तालाबन्दी


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरीकोट – राष्ट्रिय पुनःनिर्माण प्राधिकारण दोलखाअन्तर्गत जिल्लामा रहेका प्राविधिकले चारबुँदे माग राख्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ चरिकोटमा तालाबन्दी गरेका छन् । पुनःनिर्माण प्राविधिक हकहित जिल्लास्तरीय सङ्घर्ष समिति दोलखाले पुनःनिर्माणसम्बन्धी माग राख्दै कार्यालयमा आज तालाबन्दी गरेको समितिका संयोजक पुण्यप्रसाद रिमालले जानकारी दिए ।

समितिले कार्यालयसँग आवास पुनःनिर्माण लाभग्राहीको किस्ता समयमै उपलब्ध गराउनुपर्ने, विगतका वर्षमा खाईपाई आएकोे प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, सञ्चार र यातयात खर्च मासिक रुपमा उपलब्ध गराउनुपर्ने, पुनःनिर्माणमा खटिएका प्राविधिकको स्वास्थ्य तथा सुरक्षा बीमा गरिनुपर्ने लगायत माग राखेको छ ।

तीन वर्षदेखि पुनःनिर्माणमा निरन्तर प्राविधिक सेवा दिइँदै आएकामा प्राधिकरणबाट खाईपाई आएको सेवासुविधा कटौती भएको भन्दै प्राविधिकले आन्दोलन गर्दै आएका छन् ।

तालाबन्दी गरेसँगै प्राविधिकले आजदेखि पुनःनिर्माणसँग सम्बन्धित सम्पूर्ण काम बन्द गरेको संयोजक रिमालले बताए । दोलखामा भूकम्पपछिको पुनःनिर्माणका लागि २०१ प्राविधिकले काम गर्दै आएका छन् । प्राविधिकले तालाबन्दीसँगै पुनःनिर्माणको काम बन्द गरेपछि दोलखाको पुनःनिर्माणमा समस्या भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ९ : १५ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी