हाइटीबाट नेपाली सुरक्षा टोली नेपाल फर्कंदै « Khabarhub

हाइटीबाट नेपाली सुरक्षा टोली नेपाल फर्कंदै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ । द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवर्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली आगामी वैशाख १८ गतेपछि स्वदेश फर्कन लागेको हो ।

गत चैतमा उक्त मिशनको ‘नेपाल फम्ड पुलिस युनिट’ को नेतृत्व सम्हालेका नेपाली सुरक्षाकर्मीलाई बिदाइ गर्नुअघि मिनुष्टाका प्रवक्ता सोफी बौटौड डेला कोम्बेले उनीहरूका साथ आज साँझ नेपाली सञ्चारकर्मीसँग राजधानी पोर्ट आँ प्रिन्सबाट गरेको ‘भिडियो कन्फ्रेन्स’मा नेपाली सुरक्षाकर्मीका कारण हाइटीको राष्ट्रिय प्रहरी अब त्यहाँ शान्ति सुव्यवस्था कायम गर्न सक्षम भएको बताए  ।

उनलेआगामी कात्तिकमा बन्द हुने उक्त मिशनमा रहेर नेपाली सुरक्षा टोलीले हाइटीको राष्ट्रिय प्रहरीसँग संयुक्त कारवाही तथा सुरक्षा अभ्यास, संयुक्त गस्ती, रणनीतिक सुरक्षा, मानवीय उद्धार तथा विशिष्ट व्यक्तिको सुरक्षा, दैवी विपत्तिका बेला उद्धार, हिंसात्मक आन्दोलन एवं भीड नियन्त्रणका सीप सिकाएर उनीहरूको क्षमता अभिवृद्धि गरिएको बताए ।

ग्रामीण क्षेत्रका समुदायसँगको निरन्तर संवाद तथा विपत्तिका बेला मानवीय सहयोग, उद्धार र राहत सामग्री वितरणमा प्रस्तुत व्यावसायिकताबाट हाइटीका बासिन्दाले नेपालीलाई नबिर्सने प्रवक्ता डेला कोम्बेले बताए । उक्त एकाइका प्रमुख सुशीलकुमार यादव, कार्य आयुक्त नरेशराज सुवेदी र चिकित्साकर्मी विजया देउजाले सुरक्षा परिषद्को जनादेशअनुसार आफूृहरूले काम गरेको र हाइटीका नागरिकले नेपाली टोलीलाई व्यावसायिक एवं दक्ष सुरक्षाकर्मीको दर्जा दिएको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : १५ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी