बेरोजगार युवाको कथामा ‘बाह्र सत्ताइस’ बन्ने | Khabarhub Khabarhub

बेरोजगार युवाको कथामा ‘बाह्र सत्ताइस’ बन्ने


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बाह्र सत्तााइस’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणको घोषणा गरियो । चलचित्रलाई ह्याप्पी प्लानेट र कमेरो स्किृनले संयुक्त रुपमा निर्माण गर्ने भएका हुन् ।

यसअघि फिल्म ‘द ब्रेकअप’ निर्माण गरेको थियो । व्यापारिक हिसाबले सो चलचित्र खासै सफल बनेन । फिल्मलाई रेणु राणा, दीपक खतिवडा र रुपक थापाले निर्माण गर्न लागेका हुन् । निर्माण टिमले फिल्म स्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दियो ।

वैशाख ३१ गतेबाट फ्लोरमा जाने तयारीमा निर्माण टिम छ । यो फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, एभनराज उप्रेती, अस्मिता खनाल, सम्रान्त थापा लगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रमा आम बेरोजगार युवाहरुको भोगाइ र ती युवाका समस्यालाई देख्न पाइनेछ । यस्तै फिल्ममा दीपक आजेको संगीत रहनेछ ।

चलचित्रलाई जौन एन्जनले निर्देशन गर्नेछन् । दशैंको मौका पारेर प्रदर्शनमा आउने निर्माण टिमले जनायो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ३९ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई