बेरोजगार युवाको कथामा ‘बाह्र सत्ताइस’ बन्ने « Khabarhub

बेरोजगार युवाको कथामा ‘बाह्र सत्ताइस’ बन्ने


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बाह्र सत्तााइस’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणको घोषणा गरियो । चलचित्रलाई ह्याप्पी प्लानेट र कमेरो स्किृनले संयुक्त रुपमा निर्माण गर्ने भएका हुन् ।

यसअघि फिल्म ‘द ब्रेकअप’ निर्माण गरेको थियो । व्यापारिक हिसाबले सो चलचित्र खासै सफल बनेन । फिल्मलाई रेणु राणा, दीपक खतिवडा र रुपक थापाले निर्माण गर्न लागेका हुन् । निर्माण टिमले फिल्म स्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दियो ।

वैशाख ३१ गतेबाट फ्लोरमा जाने तयारीमा निर्माण टिम छ । यो फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, एभनराज उप्रेती, अस्मिता खनाल, सम्रान्त थापा लगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रमा आम बेरोजगार युवाहरुको भोगाइ र ती युवाका समस्यालाई देख्न पाइनेछ । यस्तै फिल्ममा दीपक आजेको संगीत रहनेछ ।

चलचित्रलाई जौन एन्जनले निर्देशन गर्नेछन् । दशैंको मौका पारेर प्रदर्शनमा आउने निर्माण टिमले जनायो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको