मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’–देउवा « Khabarhub

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’–देउवा



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ भएको बताएका छन् ।

आइतबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति देउवाले सरकार अधिनायकको बाटो तर्फ अघिबढेको भन्दै मिडिया काउन्सील सम्बन्धी विधेयकलाई फिर्ता गराउने बताए । उनले भने,‘यो प्रेस स्वतन्त्रतामाथिको कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

सरकारले संसदमा दर्ता गराएको प्रेस अभिव्यक्ति र स्वतन्त्रता विरोधी सवै विधेयकलाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान निर्माणको सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधानको मर्म र मान्यतालाई आत्मसात गर्नेछ भन्ने अपेक्षा लिएको भए पनि सुुरुवाती वर्षमा प्रेस स्वतन्त्रमा विरोधी गतिविधि गरेको आरोप लगाए । उनले लोकतान्त्रिक मूल्यहरु क्रमशः खतरामा पर्दै गएको दाबी गरे ।

‘सुरुवाती वर्षमै प्रेस स्वतन्त्रता विरोधी गतिविधि सरकारले प्रस्तुत गर्‍यो । नागरिकको झिनो आशालाई खण्डित गर्‍यो । दोस्रो वर्षको सुरुवातीमै संविधान र मानव अधिकारले घोषणाले तय गरेका मान्यता विपरित प्रेस स्वतन्त्रतालई निस्तेज गरेको छ ।’ उनले भने, ‘पूर्ण प्रेस स्वतन्त्रा शब्दको अर्थ राज्यले कुण्ठित गर्न पाउँदैन भन्ने हो, तर संसदमा प्रस्तुत गरिएकोे मिडिया काउन्सिल विधेयक यसको प्रस्तावना विपरित छ ।’

प्रस्ताविध विधेयकमा मन्त्रालयको लाचार छायामा काउन्सील पर्ने अवस्था रहेको उनको भनाइ थियो । प्रेसलाई नियमन गर्ने संस्थाका प्रमुखले शरीमा पदमुक्तिको भय भुन्ड्याएर कसरी प्रेसलाई नियमन गर्न सकलान् ? भन्दै उनले प्रश्न गरे ।

पत्रकारले कहिलेपनि त्रुटी गर्न सक्दैन भन्ने अलौकिक कल्पना कांग्रेसले नगरेको भन्दै प्रवक्ता शर्माले समाचार लेखेकै भरमा लाखौं रकम तिर्नुपर्ने भयकाबीच पत्रकारले समाचार लेख्न नसक्ने बताए ।

नेपाली मिडियाले पनि लोकतन्त्रका लागि जेल, नेल र पसिन बगाएका भन्दै कांग्रेसले कम्युनस्टि पार्टीएको कृपाबाट संविधान र मिडिया प्राप्त नभएको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ५८ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग