मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’–देउवा « Khabarhub

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’–देउवा



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ भएको बताएका छन् ।

आइतबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति देउवाले सरकार अधिनायकको बाटो तर्फ अघिबढेको भन्दै मिडिया काउन्सील सम्बन्धी विधेयकलाई फिर्ता गराउने बताए । उनले भने,‘यो प्रेस स्वतन्त्रतामाथिको कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

सरकारले संसदमा दर्ता गराएको प्रेस अभिव्यक्ति र स्वतन्त्रता विरोधी सवै विधेयकलाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान निर्माणको सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधानको मर्म र मान्यतालाई आत्मसात गर्नेछ भन्ने अपेक्षा लिएको भए पनि सुुरुवाती वर्षमा प्रेस स्वतन्त्रमा विरोधी गतिविधि गरेको आरोप लगाए । उनले लोकतान्त्रिक मूल्यहरु क्रमशः खतरामा पर्दै गएको दाबी गरे ।

‘सुरुवाती वर्षमै प्रेस स्वतन्त्रता विरोधी गतिविधि सरकारले प्रस्तुत गर्‍यो । नागरिकको झिनो आशालाई खण्डित गर्‍यो । दोस्रो वर्षको सुरुवातीमै संविधान र मानव अधिकारले घोषणाले तय गरेका मान्यता विपरित प्रेस स्वतन्त्रतालई निस्तेज गरेको छ ।’ उनले भने, ‘पूर्ण प्रेस स्वतन्त्रा शब्दको अर्थ राज्यले कुण्ठित गर्न पाउँदैन भन्ने हो, तर संसदमा प्रस्तुत गरिएकोे मिडिया काउन्सिल विधेयक यसको प्रस्तावना विपरित छ ।’

प्रस्ताविध विधेयकमा मन्त्रालयको लाचार छायामा काउन्सील पर्ने अवस्था रहेको उनको भनाइ थियो । प्रेसलाई नियमन गर्ने संस्थाका प्रमुखले शरीमा पदमुक्तिको भय भुन्ड्याएर कसरी प्रेसलाई नियमन गर्न सकलान् ? भन्दै उनले प्रश्न गरे ।

पत्रकारले कहिलेपनि त्रुटी गर्न सक्दैन भन्ने अलौकिक कल्पना कांग्रेसले नगरेको भन्दै प्रवक्ता शर्माले समाचार लेखेकै भरमा लाखौं रकम तिर्नुपर्ने भयकाबीच पत्रकारले समाचार लेख्न नसक्ने बताए ।

नेपाली मिडियाले पनि लोकतन्त्रका लागि जेल, नेल र पसिन बगाएका भन्दै कांग्रेसले कम्युनस्टि पार्टीएको कृपाबाट संविधान र मिडिया प्राप्त नभएको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ५८ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर