सिटीले जित्यो लगातार दोस्रो प्रिमियर लिग उपाधि « Khabarhub

सिटीले जित्यो लगातार दोस्रो प्रिमियर लिग उपाधि


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यान्चेस्टर सिटी लगातार दोस्रो पटक इङ्ग्लिस प्रिमियर लिग विजेता बनेको छ ।

आइतबार सम्पन्न लिगको अन्तिम खेलमा ब्रिग्टोन एन्ड होभ अल्बियोनलाई पराजित गर्दै सिटीले लगातार  दोस्रो उपाधि उचालेको हो । सिटीले ब्राईटनमाथि ४–१ गोल अन्तरको जित हात पारेको हो ।

लिगको उपाधिका लागि लिभरपुलको दाबेदारीलाई सिटीले १ अंकको अग्रता बनाउँदै उपाधि खोसेको हो । ब्राईटनलाई पराजित गरेको सिटीको ९८ हुँदा लिभरपुलको ९७ अंक रहेको छ ।

उपाधि विजेता सिटीविरुद्ध २७ औं मिनेटमा ब्रिग्टोनले गोल गर्दै अग्रता बनाएको थियो ।

ब्राईटनका लागि ग्लेन मुर्येले गोल गरेका थिए । तर, १ मिनेट नवित्दै ब्ग्टिोनको अग्रता सर्जियो अग्युरोले तोडेका थिए ।

उनले २८ औं मिनेटमा सर्जियो अग्युरोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ३८ औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै टिमलाई पहिलो हाफमा २–१ को अग्रूता बनाएको थियो ।

त्यस्तै, खेलको ६३ औं मिनेटमा रियाद महरेज र ७२ औं मिनेटमा इल्क्या गुन्डोगानले गोल गर्दै टिमलाई ४–१ गोल अन्तरको जीत दिलाएका थिए । योसँगै सिटीका प्रशिक्षक पेप गोडियला प्रिमियर लिगमा लगातार उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् ।

यस्तै, आजै भएको अर्को खेलमा उपाधि होडमा रहेको लिभरपुलले वोल्भर ह्यामटनलाई २–० गोल अन्तरले पराजित गरेपनि प्रिमियर लिगको उपाधि उचाल्न भने सकेन ।

वोल्भरलाई पराजित गर्दै ९७ अंक बनाएको लिभरपुल सिटीसँग १ अंकले पछि पर्दा उपाधि सिटीलाई सुम्पियो ।

लिभरपुलको जितका लागि सदियो मानेले २ गोल गरे । उनले खेलको १७ औं र ८१ औं मिनेटमा गोलल गर्दै टिमलाइ जित दिलाए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : १९ बजे

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न