‘मारुनी’ को गीत– दीपकको गीतमा पुष्प र साम्राज्ञीको रोमान्स (भिडियो) « Khabarhub

‘मारुनी’ को गीत– दीपकको गीतमा पुष्प र साम्राज्ञीको रोमान्स (भिडियो)


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘मारुनी’ मा समावेश ‘जाम न जाम’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा मंगलवार एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।  गीतमा चर्चित गायक दीपक बज्राचार्यले स्वर दिएका छन् ।

गायक बज्राचार्यकै संगीत रहेको यो गीतमा रिक्की शाक्यका शब्द छन् भने मोहित मुनालको एरेन्ज रहेको छ । यस्तै गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा सयौँ कोरसका साथ पुष्प खड्का र साम्राज्ञी शाहले क्लबमा नाचेका छन् । गीत लोकशैलीको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको निर्देशन नवल नेपालले गरेका हुन् भने फिल्ममा पुष्प र साम्राज्ञीका अलावा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाई, विनोद भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

भदौ १३ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन, गोविन्द फुयाँल र नवल नेपालको लेखन रहेको छ । हेरौं गीतको भिडियो:

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ४९ बजे

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका