ओली यूरोप हिँडेपछि पाँच दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलायो ? | Khabarhub Khabarhub

ओली यूरोप हिँडेपछि पाँच दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलायो ?


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री विदेश भ्रमणमा गएपछि पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलायो भनेर प्रश्न गरेको छ ।

वुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री यूरोप जाँदै गर्दा कार्यभार दिने भन्ने पत्र संसदमा पाँच दिनपछि मात्र प्राप्त भएकोले त्यसबीचमा प्रधानमन्त्री कार्यालय कसले चलाईरहेको थियो भन्दै प्रश्न गरिन् ।

‘प्रधानमन्त्री ज्यू युरोप जाँदै गर्दा उहाँले कार्यभार दिने भन्ने पत्र पाँच दिनपछि आज सदनमा प्राप्त भयो’ भुसालले संसदमा प्रश्न गरिन्‘ पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलाएको छ ?’

प्रधानमन्त्री जेनेभा, लण्डनमा जाँदा संसदमा जानकारी नगराइएको भन्दै उनलजे आपत्ति जाइन् । ‘कुन उदेश्यका लागि जाँदै हुनुहुन्छ भनेर संसदमा किन जानकारी गराइएन संसदलाई किन गुम्रहामा राखियो ?’ उनले प्रश्न गरिन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ०५ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र