विश्वकप क्रिकेट : पुनरागमनको खोजीमा अस्ट्रेलिया | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पुनरागमनको खोजीमा अस्ट्रेलिया


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) अस्ट्रेलिया र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

खेल नेपाली समयानुसार दिउँसा सवा ३ बजेपछि ङ्ग्ल्यान्डस्थित काउन्टी ग्राउण्ड टाउनटोनमा शुरु हुने छ ।

भारतसँगको खेलमा पराजय व्येहोरेको अस्ट्रेलिया पाकिस्तानसँग नतिजा खोस्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने पाकिस्तान आफ्नो लय कायम गर्न अस्ट्रेलियालाई रोक्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

आईसीसी वरियताको ५ औं र छैटौं स्थानमा रहेका यी २ टोलीबीचको खेललाई महत्वपूर्ण खेलका रुपमा हेरिएको छ । यो विश्वकपमा कमजोर शुरुवात गरेको पाकिस्तानले दोस्रो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गर्दै राम्रो पुनरागमन गरेको थियो ।

यस्तै, अस्ट्रेलियाले शुरुका २ खेल जित्दै सुखद् शुरुवात गरेको थियो भने तेस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

३६ रनले भारतसँग पराजित भएको अस्ट्रेलियाका लागि पाकिस्तानविरुद्ध ब्याट्सम्यान डेभिड वार्नर, स्टेभ स्मिथ लगायतले राम्रो गर्दै टोलीलाई जित दिलाउन सक्छन् ।

यस्तै, पाकिस्ताका लागि इङ्ग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका मोहम्मद हफेज, बाबर अजामले आक्रामक ब्याटिङ गर्दै अस्ट्रेलियालाई रोक्नसक्ने खेलाडीका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : १६ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ