सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन, जनजीवन अस्तव्यस्त | Khabarhub Khabarhub

सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन, जनजीवन अस्तव्यस्त


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ-विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा दशौं हजार मानिसहरुले प्रदर्शन गरेपछि एशियाको महत्वपूर्ण वित्तीय केन्द्र मानिने हङ्कङको जनजीवन अस्तव्यस्त बनेको छ ।

प्रदर्शनकारीले हङ्कङका विभिन्न स्थानमा प्रदर्शन गरेको र यसबाट यातायात र बजार प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मानिसहरु विद्यालय तथा कार्यालय त्यागेर प्रदर्शनमा उत्रेकाले विभिन्न कार्यालयमा मानिसहरुको उपस्थिती न्यून रहेको बताइएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीका फोहोरा तथा मरिचको धुलो प्रयोग गर्नुपरेको थियो । प्रदर्शनकारीले हङकङको व्यवस्थापिका अगाडी नाराबाजी गरेकाले व्यवस्थापिकामा विवादास्पद सुपुर्दगी विधेयकसम्बन्धी बहस समेत प्रभावित भएको छ ।

प्रदर्शनकारीले हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामाको समेत माग गरेका छन् ।

गत फेब्रुअरीमा सार्वजनिक गरिएको नयाँ सुपुर्दगी कानून अनुसार हङकङका प्रमुखलाई त्यहाँको वर्तमान न्यायिक व्यवस्था विपरित अन्य स्थानमा अभियोग लागेर हङकङमा बसोबास गर्दै आएका मानिसलाई चीनसहित हङकङको न्यायिक अधिकार क्षेत्र बाहिर पनि सुपुर्दगी गर्न सक्ने कार्यकारी अधिकार दिइएको छ ।

यसले हङकङमा व्यक्तिगत स्वतन्त्रतामाथि अंकुश लगाउने तथा त्यहाँ बसोबास गर्दै आएका मानिसहरुलाई चीनमा सुपुर्दगी गर्न सजिलो हुने र त्यसले हङकङमा चीनको प्रभाव बढ्ने विपक्षीहरुको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : ४८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी