विश्वकपमा पानी बन्यो बाधक, अहिलेसम्म्म ४ खेल प्रभावित « Khabarhub

विश्वकपमा पानी बन्यो बाधक, अहिलेसम्म्म ४ खेल प्रभावित


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटलाई बर्षाले प्रभावित बनाएको छ ।

मे ३० देखि शुरु भएको विश्वकपमा अहिलेसम्म ४ खेल वर्षाका कारण प्रभावित भएका छन् । विश्वभरका क्रिकेट प्रेमी खेल हेर्न पर्खाइमा रहँदा २ खेल भने शुरु हुन सकेन । विश्वकप क्रिकेटको महाकुम्भ विश्वकपलाई मौसमले साथ दिन सकेको छैन ।

जसमा २ खेलमा टस नै हुन सकेन भने १ खेलमा टस भएर ब्याटिङ भइरहँदा अवरुद्ध भयो । त्यस्तै अर्को एक खेलमा ५० ओभरको खेललाई ४१ ओभरमा घटाइएको थियो ।

जुन ७ मा पाकिस्तान र श्रीलंकाबिचको खेल शुरु हुनु अगाडि देखि नै बर्षाभएपछि टस नै हुन सकेन । टस हुन नसकेपछि आईसीसीले दुवै टोलीले समान १–१ अंक बाड्यो ।

त्यस्तै, जुन १२ मा पनि श्रीलंका र बंगलादेशबीचको खेल बर्षका कारण शुरु हुन सकेन । यो खेलमा पनि टस समेत हुन नसकेपछि मैदानै नउत्रिकन यी दुई टोलीले समान १–१ अंक बाँडे ।

बर्षाले टस नै हुन नसकेका दुवै खेल ब्रिस्टोल ग्राउण्डमा हुने तयारी भइरहेको थियो । यो मैदानमा हुने निर्धारण भएका तीन खेलमध्ये १ खेल पुरा भएको छ भने २ खेल बर्षाका कारण हुन सकेनन् ।

यस्तै, जुन ४ मा भएको अफगानिस्तान र श्रीलंकाबीचको खेल पनि बर्षाका कारण ४१ ओभरमा घटाइएको थियो । उक्त खेल श्रीलंकाले ३४ रनले अफगानिस्तानलाई पराजित गरेको थियो ।

यस्तै, जुन १० मा भएको दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि बर्षाका कारण दुवै टोलीले १–१ अंक बाँडेका थिए । उक्त खेलमा वेष्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो भने दक्षिण अफ्रिकाले ७.३ ओभर खेलिरहँदा बर्षा भएपछि खेल अवरुद्ध भएको थियो ।

अहिलेसम्म ४ खेल भइसक्दा श्रीलंकाले ४ अंक जोडेको छ जसमा श्रीलंकाले एक खेल जीतेको छ भने एक खेलमा हार व्येहोर्दा २ खेल बर्षाका कारण खेल्नै पाएन ।

पाकिस्तानले ३ खेल सम्पन्न हुँदा एक खेलमा जीत निकाल्दा एक खेलमा पराजय भोगेको छ भने एक खेल बर्षाका कारण शुचारु नै हुन सकेन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ०० बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र