विश्वकपमा पानी बन्यो बाधक, अहिलेसम्म्म ४ खेल प्रभावित | Khabarhub Khabarhub

विश्वकपमा पानी बन्यो बाधक, अहिलेसम्म्म ४ खेल प्रभावित


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटलाई बर्षाले प्रभावित बनाएको छ ।

मे ३० देखि शुरु भएको विश्वकपमा अहिलेसम्म ४ खेल वर्षाका कारण प्रभावित भएका छन् । विश्वभरका क्रिकेट प्रेमी खेल हेर्न पर्खाइमा रहँदा २ खेल भने शुरु हुन सकेन । विश्वकप क्रिकेटको महाकुम्भ विश्वकपलाई मौसमले साथ दिन सकेको छैन ।

जसमा २ खेलमा टस नै हुन सकेन भने १ खेलमा टस भएर ब्याटिङ भइरहँदा अवरुद्ध भयो । त्यस्तै अर्को एक खेलमा ५० ओभरको खेललाई ४१ ओभरमा घटाइएको थियो ।

जुन ७ मा पाकिस्तान र श्रीलंकाबिचको खेल शुरु हुनु अगाडि देखि नै बर्षाभएपछि टस नै हुन सकेन । टस हुन नसकेपछि आईसीसीले दुवै टोलीले समान १–१ अंक बाड्यो ।

त्यस्तै, जुन १२ मा पनि श्रीलंका र बंगलादेशबीचको खेल बर्षका कारण शुरु हुन सकेन । यो खेलमा पनि टस समेत हुन नसकेपछि मैदानै नउत्रिकन यी दुई टोलीले समान १–१ अंक बाँडे ।

बर्षाले टस नै हुन नसकेका दुवै खेल ब्रिस्टोल ग्राउण्डमा हुने तयारी भइरहेको थियो । यो मैदानमा हुने निर्धारण भएका तीन खेलमध्ये १ खेल पुरा भएको छ भने २ खेल बर्षाका कारण हुन सकेनन् ।

यस्तै, जुन ४ मा भएको अफगानिस्तान र श्रीलंकाबीचको खेल पनि बर्षाका कारण ४१ ओभरमा घटाइएको थियो । उक्त खेल श्रीलंकाले ३४ रनले अफगानिस्तानलाई पराजित गरेको थियो ।

यस्तै, जुन १० मा भएको दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि बर्षाका कारण दुवै टोलीले १–१ अंक बाँडेका थिए । उक्त खेलमा वेष्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो भने दक्षिण अफ्रिकाले ७.३ ओभर खेलिरहँदा बर्षा भएपछि खेल अवरुद्ध भएको थियो ।

अहिलेसम्म ४ खेल भइसक्दा श्रीलंकाले ४ अंक जोडेको छ जसमा श्रीलंकाले एक खेल जीतेको छ भने एक खेलमा हार व्येहोर्दा २ खेल बर्षाका कारण खेल्नै पाएन ।

पाकिस्तानले ३ खेल सम्पन्न हुँदा एक खेलमा जीत निकाल्दा एक खेलमा पराजय भोगेको छ भने एक खेल बर्षाका कारण शुचारु नै हुन सकेन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ०० बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति