हङकङको प्रदर्शन हिंसात्मक बन्दै « Khabarhub

हङकङको प्रदर्शन हिंसात्मक बन्दै


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनमा सहभागी दशौं हजार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा र प्लाष्टिकका बोतल बर्षाएपछि जवाफमा प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शुरुमा शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला एक्कासी प्रहरी र प्रदर्शनकारीबीच हिंसा मच्चिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छाता ओढेर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले छाताले प्रहरीमाथि आक्रमण गरेको र प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीतर्फ भागदौड मच्चिएको थियो ।

झडपमा दर्जनबढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले भने प्रदर्शनकारीमाथि प्लाष्टिकको गोली हानेको पुष्टि गर्दै स्थानीयलाई हिंसात्मक क्षेत्रबाट टाढै रहन आह्वान गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई हिंसा रोक्न उर्दी जारी गर्दै अवस्थालाई शान्त बनाउन समेत आह्वान गरेको छ ।

प्रदर्शनका कारण हङकङको अवस्था अस्तव्यस्त बनेको छ भने व्यापारिक गतिविधि समेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ सुपुर्दगी कानूनले हङकङमा व्यक्तिगत अधिकारलाई कुण्ठित पार्ने र त्यहाँ चीन सरकारको प्रभाव बढ्ने भन्दै विपक्षीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकै कारण हङकङको व्यवस्थापिकामा उक्त विधेयकमाथिको बहस समेत स्थगित भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ४६ बजे

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न