दुई सातादेखि बेपत्ता बेलायती पदयात्री मृत भेटिए « Khabarhub

दुई सातादेखि बेपत्ता बेलायती पदयात्री मृत भेटिए


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङटन– न्यूजिल्याण्डमा हराइरहेका एक बेलायती पदयात्रीको शव फेला परेको छ । दुई साताअघिबाट हराइरहेका ४९ वर्षे बेलायती पदयात्रीको शव बुधबार फेला परेको न्यूजिल्याण्डको प्रहरीले जनाएको हो ।

राजधानी वेलिङ्टननजिक रहेको टारारुआ पहाडी इलाकामा बेलायती पदयात्री ड्यारेन मारेसको शव फेला परेको जनाइएको छ । उनको एक्कासी मृत्यु भएको र उनले कुनै किसिमको शारीरिक पीडा व्यहोरेजस्तो नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत जुन १ मा पदयात्राका लागि निस्केका उनी पूर्व निर्धारित शिविरमा नपुगेपछि उनको खोजी कार्य शुरु गरिएको थियो । खराब मौसमका कारण खोजीकार्यमा ढिला भएपछि अन्ततः उनको शव बुधबारमात्र फेला परेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ०४ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको