रुसमा ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लियो « Khabarhub

रुसमा ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लियो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको राजधानी मस्कोमा प्रदर्शन गर्ने ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्दोष पत्रकारलाई दोषी प्रमाणित गर्न खोज्ने प्रहरी अधिकारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले राष्ट्रपति भ्लालिमिर पुटिनका आलोचक पत्रकार इभान गोलुनोभलाई यसअघि लागूऔषध कारोबारमा संलग्न रहेको अभियोग लगाएको थियो । चर्को दबाबपछि उनीमाथिको अभियोग फिर्ता लिइएको थियो ।

योसँगै पत्रकारका समर्थकहरुले झुठो अभियोग लगाउन खोज्ने प्रहरी अधिकारीको विरोधमा प्रदर्शन गरेका थिए । अधिकारीले उक्त प्रदर्शन गैरकानूनी हुने चेतावनी दिएपनि प्रदर्शन गरेपछि प्रदर्शनकारीलाई नियन्त्रण लिइएको हो । रुसमा प्रदर्शन निकै दुर्लभ रुपमा हुने गरेको छ भने यस्ता प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : १५ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच