रुसमा ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लियो | Khabarhub Khabarhub

रुसमा ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लियो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको राजधानी मस्कोमा प्रदर्शन गर्ने ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्दोष पत्रकारलाई दोषी प्रमाणित गर्न खोज्ने प्रहरी अधिकारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले राष्ट्रपति भ्लालिमिर पुटिनका आलोचक पत्रकार इभान गोलुनोभलाई यसअघि लागूऔषध कारोबारमा संलग्न रहेको अभियोग लगाएको थियो । चर्को दबाबपछि उनीमाथिको अभियोग फिर्ता लिइएको थियो ।

योसँगै पत्रकारका समर्थकहरुले झुठो अभियोग लगाउन खोज्ने प्रहरी अधिकारीको विरोधमा प्रदर्शन गरेका थिए । अधिकारीले उक्त प्रदर्शन गैरकानूनी हुने चेतावनी दिएपनि प्रदर्शन गरेपछि प्रदर्शनकारीलाई नियन्त्रण लिइएको हो । रुसमा प्रदर्शन निकै दुर्लभ रुपमा हुने गरेको छ भने यस्ता प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : १५ बजे

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार