ललितकृष्ण श्रेष्ठलाई एन्फाले सम्झियो « Khabarhub

ललितकृष्ण श्रेष्ठलाई एन्फाले सम्झियो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबलमा कुसल व्यक्तित्वको पहिचान बनाएका पूर्व फुटबलर तथा कुसल व्यवस्थापक ललितकृष्ण श्रेष्ठलाई अखिल नेपाल फुटबल संघले सम्झिएको छ ।

२०७२ साल जेठ २९ गते स्वगारोहण भएका श्रेष्ठको एन्फा कम्प्लेक्समा रहेको शालिकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतको टोलीले माल्यार्पण शालीकमा माल्यार्पण गर्दै सम्झिएका छन् ।

श्रेष्ठको माल्यार्पणसँगै एन्फाले उनकै नाममा ललित स्मृती यु–१८ फुटबल च्याम्पियनसिप पनि आज देखि शुरु गरेको छ ।

१ महिना चल्ले प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले श्रेष्ठले नेपाली फुटबलमा ठूलो योगदान दिएको बताए । उनले भने,‘उहाँको कामको अझै मैले धेरै मूल्याङ्कन गररिहनु पर्दैन जस्तो लाग्छ । उहाँको नेपाली फुटबलमा विताएको ३० वर्ष योगदान थियो । उहाँको त्यही योगदानको सम्झना स्वरुप एन्फाले यो प्रतियोगिता सफलता साथ आयोजना गर्दै आएको छ ।’

यस्तै, उद्घाटन कार्यक्रमका उपस्थित राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले ललित कृष्ण श्रेष्ठ एन्फामा रहँदा एन्फा नेतृत्व र राखेपबीचको सम्बन्ध सुमधुर बनाउन सहयोगि भूमिका खेल्ने गरेको भन्र्दै सम्झिए ।

‘उहाँ निकै मिलनसार व्यक्तित्व हुनु हुन्थ्यो । उहाँ एन्फामा हुँदा म राखेपको उपाध्यक्ष नै थिए । त्यतिबेला एन्फा र राखेपबीचको बैठकमा एन्फा नेतृत्वसँग केही बाँझीने कुरा भयो भने उहाँ मध्यस्तकर्ता बनेर आउनु हुन्थ्यो,’ उपाध्यक्ष तिम्सिनाले भने ।

थ्री स्टार क्लबको खेलाडी देखि व्यवस्थापनमा अध्यक्षसम्म भएका श्रेष्ठ बारे थ्रीस्टार क्लबका बर्तमान अध्यक्ष अरुणमान जोशी पनि श्रेष्ठकै बल बुताले आफ्नो क्लबले एक उचाई लिन सफल भएको बताए ।

‘उहाँ क्लबको अध्यक्ष हुँदा थ्रीस्टार क्लबले राम्रो माइलेज लिएको थियो । पछि उहाँ एन्फामा आउनु भयो । अहिलेका एन्फा कम्प्लेक्समा बनेका नयाँ संरचनाहरु बनाउने नेतृत्व उहाँले नै गर्नु भएको हो,’ अध्यक्ष जोशीले भने,‘साच्चीकै उहाँ कुसल व्यवस्थापक समेत हुनुहुन्थ्यो । उहाँको अनुपस्थिती हामीमाझ खड्की रहेको छ ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ४१ बजे

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत